May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

भिषण आगलागीले १९ हजार मानिसलाई सुरक्षित गरिंदै

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० ११:४१
भिषण आगलागीले १९ हजार मानिसलाई सुरक्षित गरिंदै
  • ग्रिसको एक जंगलमा भिषण आगलागी
  • १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण

काठमाडौं ।।

ग्रिसको एक जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मानिसरुको स्थानान्तरण जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने छ ।

लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएपछि अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ ।

आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ । बीबीसीका अनुसार देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको छ ।

ग्रिसमा केही सातायता भयंकर गर्मी छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ । यही गर्मीको बेला ग्रिस आगलागीको चपेटामा परेको हो । गत मंगलबारदेखि नै तीव्र हावासँगै जंगलको आगो अनियन्त्रित भएर फैलिइरहेको छ ।

आगोबाट जोगिन धेरै मानिसहरु आफ्नो थातथलो छाड्न बाध्य छन् । यद्यपि आगलागीबाट मानवीय क्षति भने नभएको ग्रिसको जलवायु संकट र नागरिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मानिसहरुलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानका होटलहरुमा लगेर राखिएको छ ।

बीबीसीका अनुसार किओतारी क्षेत्रमा तीन होटल आगोमा जलेका छन् । लेर्मा, लार्डोस् र एक्सिलपियो क्षेत्र आगोबाट प्रभावित भएका छन् । आगो निभाउनका लागि पाँच वटा हेलिकप्टर र १७३ अग्नि नियन्त्रक सहितको टोली खटिएका छन् । आगलागीले उत्पन्न संकटका कारण त्यहाँको सरकारले सोमबारको सार्वजनिक विदासमेत स्थगित गरेको बीबीसीले जनाएको छ ।

पर्यटकबीच लोकप्रिय मानिने ग्रिक द्वीपको पूर्वी क्षेत्रबाट समुद्री तट हुँदै मानिसहरुलाई सुरक्षित स्थानमा लैजानका लागि निजी डुंगा चालक र तटरक्षक बल सक्रिय छन् । ग्रीक नौसेनाका जहाज पनि सो क्षेत्रमा परिचालन गर्ने तयारी भरहेको छ । भिडियो फुटेजहरुमा आकाशमा धुँवाको मुस्लो उठेको र पर्यटकहरु आफ्नो लगेजसहित लामो लाइन लागेर सो ठाउँ छोडिरहेको दृष्य देखिन्छ ।

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट