May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

शुल्क वृद्धि नगर्न इन्जिनियरिङ विद्यार्थीको माग

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:१८
शुल्क वृद्धि नगर्न इन्जिनियरिङ विद्यार्थीको माग
  • अध्ययन संस्थानलाई शुल्क वृद्धि नगर्न आग्रह
  • विगतमा कायम शुल्कमै विद्यार्थीलाई पढ्न दिनेगरी प्रवेश परीक्षा लिइनुपर्ने माग
  • अर्बौं घाटा हुनेगरी प्रवेश परीक्षा नलिने काम नगर्न आग्रह

काठमाडौं ।।

सत्तारूढ दलमा आबद्ध विद्यार्थी संगठनहरूले इन्जिनियरिङ अध्ययन संस्थानलाई शुल्क वृद्धि नगर्न आग्रह गरेका छन् । शुक्रबार पुल्चोकमा पत्रकार सम्मेलन गर्दै सत्तानिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले विगतमा कायम शुल्कमै विद्यार्थीलाई पढ्न दिनेगरी प्रवेश परीक्षा लिइनुपर्ने माग गरेका छन्।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवले जारी गरेको विज्ञप्तिमा घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुनेगरी प्रवेश परीक्षा नलिने काम नगर्न आग्रह गरिएको छ ।

“केही सानो रकम घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुने गरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्रको जानेर वा नजानेर मतियार बन्न पुगेका महानुभावले यसको गाम्भीयतालाई थप महसुस गर्नेमा आशावादी छौँ,” विज्ञप्तिमा लेखिएको छ । तीन लाख १३ हजार रुपैयाँबाट शुल्क वृद्धि गरी सात लाख ७५ हजार ४२० रुपैयाँ पु¥याएपछि विद्यार्थीहरूले यसको विरोध गरिरहेका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।