April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

म्याद गुज्रेका औषधिहरु बेच्दै ठूला अस्पतालका फार्मेसीहरु

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १५:११
म्याद गुज्रेका औषधिहरु बेच्दै ठूला अस्पतालका फार्मेसीहरु
  • ठूला अस्पतालका औषधि पसलमा नै म्याद सकिएका औषधि बिक्री
  • औषधि व्यवस्था विभागका कर्मचारीको २० वटा टोली खटाइयो 
  • काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसीको अनुगमन
  • देशभरका फार्मेसीको अनुगमन भइरहेको

काठमाडौं ।।

काठमाडौंका ठूला अस्पतालका औषधि पसलमा म्याद सकिएका र सरकारी निकायमा दर्ता नै नभएका औषधि बिक्री गरेको पाइएको छ ।सोमबार स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागका कर्मचारीको २० वटा टोली खटाएर काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसीको अनुगमन भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले वीर अस्पताल, पाटन अस्पताल, अल्का अस्पताललगायत केही फार्मेसीको अनुगमन गरेको थियो ।

त्यस क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका र म्याद सकिएका औषधि पनि पाइएको बस्नेतले बताए । ‘अनुगमनको क्रममा कतिपय फार्मेसीले डेट एक्स्पायर भएको, बेच्नै नपाइने औषधि समेत राखेको पाइएको छ । एक्स्पाएर औषधि पनि नछुट्याई गोलमाल गरेर र बिल पनि स्पष्ट हुने गरी राखिएको छैन’, मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले सोमबार देशभरका फार्मेसीको अनुगमन भइरहेको बताए । ‘उपत्यकाभित्र आजै अनुगमन सकिन्छ । बेलुकासम्म अनुगमन टोलीको गरेको रिपोर्ट प्राप्त हुन्छ’, मन्त्री बस्नेतले भने, ‘कानुनी प्रक्रियामा जानुपर्ने वा सचेत गर्नुपर्ने निर्णय रिपोर्टको आधारमा अगाडि बढाउछौं ।’ उपत्यकाबाहिर पनि विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । ‘अनुगमन तथा निरीक्षण गर्ने कुरा आज मात्रै होइन । निरन्तर चलिरहन्छ,’ मन्त्री बस्नेतले भने ।

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट