May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बुटवलमा हरि अर्याल प्यानल नै विजयी

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:0६
बुटवलमा हरि अर्याल प्यानल नै विजयी
  • बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी
  • निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भए
  • ७ जना पदाधिकारीका लागि भएको निर्वाचनमा सचिव वाहेक सबै पदमा अर्याल प्यानलले जित्यो

बुटवल ।।

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ ।संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।१५०६ मत खसेको मध्ये अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ दुवै कांग्रेस निकट व्यवसायी हुन् । ७ जना पदाधिकारीका लागि भएको निर्वाचनमा सचिव वाहेक सबै पदमा अर्याल प्यानलले जितेको छ । उद्योग उपाध्यक्षमा ७७८ मत ल्याएर सुरज भट्टराई विजयी भएका छन् । भट्टराई नेकपा एमाले निकट हुन् । उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे ।

महासचिवमा मुक्तिप्रसाद अधिकारी ७६० मतका साथ विजयी हुँदा प्रतिस्पर्धी बाबुराम विकले ६९८ मत पाए ।कोषाध्यक्षमा ८०९ मतका साथ वसन्तप्रसाद ढकाल विजयी हुँदा प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ६४४ मत पाए ।सचिवमा अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए । गैरेले ७०७ मत पाए ।सहकोषाध्यक्षमा ८३० मतका साथ धनकुमारी खनाल विजयी हुँदा प्रतिस्पर्धी जाकिर हुसेनले ६३३ मत पाए । एशोसियट सदस्यमा भने श्रेष्ठ प्यानलबाट बालकृष्ण पौडेल ७५१ मतका साथ विजयी भए ।

सदस्यहरुमा उद्योग तर्फ दिपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यहरुमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् । खुल्ला सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

७० वर्ष लामो इतिहास भएको संघमा हालसम्म दुई कार्यकाल वाहेक अन्य सबै अधिवेशनमा कांग्रेस निकट नेवार समुदायका व्यवसायीले मात्रै जित्दै आएका थिए । यसपटक अध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याललाई पार्टीभित्रको संस्थापन पक्षको र श्रेष्ठलाई संस्थापनइतरको समर्थन रहेको थियो । अर्यालले नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीलगायतका दल निकट व्यवसायीलाई समेटेर प्यानल बनाएका थिए । संघमा एक हजार ७७८ मतदाता रहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।