July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आगो निभाउन जाँदा जाँदै दमकल दुर्घटना

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १0:२८
आगो निभाउन जाँदा जाँदै दमकल दुर्घटना

रौतहट। आगो निभाउन गएको बारुण यन्त्र (दमकल )मंगलबार राति दुघटना हुँदा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्।
गौर नगरपालिका–४ गढवाटोलमा आगो लागेपछि निभाउन गएको बारुण यन्त्र गएराति साढे १२ बजेको समयमा गौर नगरपालिकाको ना.१ ग. ७८८ नम्बरको बारुण यन्त्र गढवामा दुर्घटना भएको हो।

सबगढा र गढवाको बिचमा रहेको कुखुरा फार्ममा आगो लागेको खबर पाएर बारुण यन्त्रसहित अग्निनियन्त्रण टोली जाने क्रममा ब्रेकफेल भइ दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परेका बारुण यन्त्र चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाइते भएका छन्।

गम्भीर घाइतेलाई जिल्ला अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारको लागि विरन्ज पठाएर उपचार भइरहेको तथा सामान्य घाइते दमकल प्रहरी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

विरगन्ज पठाइएको घाइतेको ढाड, खुटा, हात, छाती र टाउकोमा गम्भीर चोट लागेको छ। गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले मानवीय सेवामा हिंडेको बारुणयन्त्र दुर्घटनामा परेर घाइते भएका कर्मचारीहरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने बताए।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्