sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारले चालेका कदममा साथ दिन सबैलाई प्रधानमन्त्रीको आह्वान

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १0:१८
सरकारले चालेका कदममा साथ दिन सबैलाई प्रधानमन्त्रीको आह्वान
  • एकजनाले मात्र चाहेर विकृति हट्दैन 
  • सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको बताएका छन् । गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरे ।

आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथिति नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी गरेको उनले बताए । सरकारको यो काममा सबैको साथ पाउने विश्वास उनले व्यक्त गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरी र संगठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले कडा कदम चालेको बताउँदै उनले भने, ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो ।’

प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । ‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई पनि सही ट्र्याकमा ल्याइएको बताए ।

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid