July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चितवन २ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:0१
चितवन २ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

चितवन । चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरु मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरु देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गत मङ्सिरको परिणामको रक्षा र नेपाली कांग्रेस, नेकपा  (एमाले) लगायतका दललाई गत मङ्सिरको परिणामलाई उल्ट्याउने चुनौती देखिएको छ । सहरदेखि ग्रामीण क्षेत्रका जनताको चाहना अहिले पनि लामिछानेप्रति विश्वास रहेको देखिन्छ । महिला, मजदुर वर्ग र कुनै पनि पार्टीमा आवद्ध नभएका मतदाताको रोजाई घण्टी रहेको विश्लेषण गरिदैआएको छ ।

निर्वाचन क्षेत्र २ अन्तर्गत भरतपुर महानगरपालिका वडा –११ का जोगमान विकले भन्नुभयो, ‘जनताको जीवनस्तर माथि उकास्ने, महङ्गी रोक्ने, आपत परेका बेला हेर्नेजस्ता काममा पार्टीका नेताले सहयोग गरेनन् ।’

काम गर्न खोज्ने व्यक्तिलाई अवसर दिनुपर्ने भन्दै उहाँले जनताको भावना समेट्ने पार्टीलाई आफ्नो समर्थन रहेको बताउनुभयो । कालिका नगरपालिका पदमपुरका स्थानीय हरिनारायण चौधरीले भन्नुभयो, “रोजगारी नपाएर छोराहरु विदेश जानु परेको छ, जसलाई मत दिए पनि हाम्रो समस्या कसले बुझ्छ र ?”

पूर्वी चितवन हुँदै भरतपुरमा अटो रिक्सा चलाउने रोहन लामाले भन्नुभयो, “मत भनेको विचार मिल्नेलाई दिनुपर्छ । विचार सिद्धान्त बोकेको पार्टीसँग नजिक भएका छौं । तर जनताको काम गर्न सक्ने उम्मेदवार छनौट गर्ने अधिकार हामीलाई छ ।”

नारायणगढमा व्यापार गर्दै आउनुभएका रुद्र चापागाइँले भन्नुभयो, ‘केही वर्षदेखि राजनीतिक दलहरु आफ्नो स्वार्थमा हिडेकाले उनीहरुलाई सच्याउनु जरुरी रहेको छ ।’ यस पटक म आफ्नो पार्टीभन्दा माथि उठेर काम गर्नसक्ने व्यक्तिलाई मत दिने योजना बनाएको छु उहाँले भन्नुभयो ।

प्राध्यापक रमेशकुमार श्रेष्ठका अनुसार जनताको जनजीविकाको विषयमा राजनीतिक दलले व्यवस्थापन गर्न नसकेको टिप्प्णी गर्नुभयो । जनता सधैं हामीले भनेकै मान्छन् र पार्टीको कार्यकर्ता हुन् भन्ने मान्यता दलका नेताले त्याग्नुर्पे उहाँको भनाइ छ ।

आर्थिक रुपमा समस्यामा परेका जनता, रोजगारी नपाएर विदेशिनु परेको युवा, बैङ्कबाट ऋण लिएर व्याज तिर्न नसकेका वर्ग, खेती गरेर मुल्य नपाएको किसानको पक्षमा राज्यले बोल्न नसकेको बताउनुभयो ।

यस पटकको उपनिर्वाचनमा एमालेले विगतभन्दा मत वृद्धि गर्ने योजनामा छ भने कांग्रेसले विजयी हुनेगरी लागेको बताउँदैआएको छ । जनताको चाहना पार्टीका नेता तथा कार्यकर्ताले भनेअनुसारको नदेखिएको स्थानीय मतदाताको भनाइ छ । सञ्चार माध्यममा आएका उम्मेदवारप्रतिका टीका टिप्पणी, आरोप प्रत्यारोपका विषयमा जनता सचेत भएको मतदाताको बुझाइ छ ।

चितवनको उपनिर्वाचनमा राजनीतिक दल १२ र स्वतन्त्रगरी २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाबाट पार्टी अध्यक्ष रवि लामिछाने, एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, कांग्रेसबाट पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, राप्रपा, राजमोलगायतका दलका उम्मेदवारचुनावी मैदानमा रहनुभएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्