May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न अनुमति

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १६:२८
सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न अनुमति
  • बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान
  • २९ गते स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए
  • बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिइयो 
  • लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्ने

काठमाडौं ।।

नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न असोज २९ गते स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । कम्पनीले अब पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन गर्ने पनि उनले बताए । संस्थागत लगानीकर्ताका लागि बोर्डले ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्न स्वीकृति दिएको प्रवक्ता श्रेष्ठले बताए ।

“बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न पहिलो पटक सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको हो । यसको कट अफ प्राइज ४०१ रुपैयाँ हो,” उनले भने, “यो कम्पनीको आधार मूल्य ५०१ रुपैयाँ तय गरी बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जान सक्ने गरी ६०० रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिइएको हो ।”

कम्पनीले स्वीकृति पाएसँगै योग्य संस्थागत लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्नेछ । तर, सर्वसाधारणलाई भने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई बाँकी रहेको ६० प्रतिशत सेयर निष्कासन हुनेछ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गर्नेगरी २४ लाख कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डले कम्पनीलाई स्वीकृति दिएको हो । यो आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । यो कम्पनीले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न २०७९ असार २८ गते आवेदन दिएको थियो । तर, आवेदन दिएको १५ महिनापछि मात्र स्वीकृति पाएको छ । बोर्डले स्वीकृति दिएसँगै सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी हुनेछ ।

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।