April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

मौद्रिक नीति बनेर बजेटका लक्ष्यहरु पूरा गर्नेछ : गभर्नर

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १२:५६
मौद्रिक नीति बनेर बजेटका लक्ष्यहरु पूरा गर्नेछ : गभर्नर
  • बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने
  • कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उनले बताएका हुन् । बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए ।

उनले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताए । बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताए ।

करिब ६० अर्ब राष्ट्र बैकले खिचेको उनले बताए । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको उनले बताए । भुक्तानी सन्तुलन र विदेशी विनिमय गत वर्ष भएको घाटा पूर्ति गरी सहज अवस्थामा आएको उनले बताए ।

वित्तीय क्षेत्र रिकभरीमा केही समस्या रहेको उनले बताए । बजारमा शिथिलता रहेको र यसको प्रभाव रिकभरीमा परेको उनले बताए ।
बैकिङ क्षेत्र बलियो हुनुपर्छ र मौद्रिक नीति त्यसमा केन्द्रित रहने उनको भनाइ छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट