April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मन्त्रीको विषयमा नागरिक उन्मुक्ति पार्टीको चित्त दुखाइ

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:१७
मन्त्रीको विषयमा नागरिक उन्मुक्ति पार्टीको चित्त दुखाइ
  • मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि
  • रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णयमा विवाद सिर्जना

 धनगढी ।।

सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो ।

पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन् । ‘यार गद्दार निकला । राजनीतिक पाखण्डवाजको घनघोर भर्त्सना गर‌ौं’, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

चौधरीले आफ्नो स्टाटस मन्त्री छनोटको निणयप्रति लक्षित भएको बताए । ‘संगठन एजेन्डाले बन्छ, व्यवहारले बिग्रिन्छ । राजनीति गर्छु भन्ने नाममा पाखण्डवाद मौलायो ।

त्यसको विरोधमा बोलेको हुँ’, चौधरीले भने, ‘हाम्रो पार्टी नीति, विधि तथा पद्धतिअनुसार चल्न सकेको छैन । नीतिगत रुपमा मास्ने र अवसरबाट वञ्चित गराउने परिपाटी हाबी भयो ।’

चौधरीले पाँच वर्षसम्म जनप्रतिनिधिविहीन भएको टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको बताउदै अहिले टीकापुरलाई पूर्वाग्राही व्यवहार गरिए विरोध गर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीले गत बैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी फेरेको थियो ।

उनीहरुको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो । संसदीय दलका नेता घनश्याम चौधरीले एक मन्त्री र राज्यमन्त्री मात्र पाएकाले भागवण्डा मिलाउन समस्या भएको बताए ।

उनले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय सर्वसम्मत रुपले गरिएको बताउदै अन्य प्रदेशसभा सदस्यहरुको पनि सम्मानजनक व्यवस्थापन गरिने बताए ।

‘हामी ७ जना प्रदेशसभा सदस्य छौँ । सातै मन्त्री बन्ने अवस्था छैन नि । हाम्रो पार्टीबाट दुई जना मात्र मन्त्री बन्ने हुन्’, चौधरीले अनलाइनखबरसँग भने, ‘उहाँ (लक्ष्मणकिशोर) लगायतका सबै माननीयज्यूहरुको पनि उचित व्यवस्थापन गरिन्छ ।’

 

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।