May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक

अर्काको फिल्मको कमाइ सार्वजनिक गर्न मिल्दैन : अध्यक्ष भुवन केसी

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:५६
अर्काको फिल्मको कमाइ सार्वजनिक गर्न मिल्दैन : अध्यक्ष भुवन केसी
  • फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति चलचित्र संघले आपत्ति
  • फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति चलचित्र विकास बोर्डलाई पत्र 
  • यसबारे कानुनी प्रावधानमा जाने 

काठमाडौं ।।

फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति फिल्म हल तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असहमति जनाउँदै संघले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र संघबाट प्रेषित पत्र प्राप्त भएको बताए । ‘उहाँहरुले अर्काको धनसम्पतिको विवरण सार्वजनिक गर्न मिल्दैन भनेर पत्र लेख्नुभएको छ,’ अध्यक्ष केसीले भने, ‘हामी बैठक बसेर उहाँहरुको पत्रको उपयुक्त जवाफ दिनेछौं । यसबारे कानुनी प्रावधान के छ त्यो पनि बुझ्छौं ।’

चलचित्र संघका कानुनी सल्लाहकार जयलाल भण्डारीले केही दिनअघि उक्त पत्र बोर्डलाई पठाइएको पुष्टि गरे । ‘अर्काको फिल्मको कमाइ सार्वजनिक गर्नु बोर्डको कार्यक्षेत्र होइन । त्यसो गर्न मिल्दा पनि मिल्दैन,’ भण्डारीले भने, ‘यसबारे पत्र पठाइएको छ ।’ साथै चलचित्र संघले बोर्डको जवाफ हेरेर कानुनी उपचारमा जाने कि नजाने भन्ने निर्क्योल हुने पनि संघका एक सदस्यले बताए ।

चलचित्र विकास बोर्डले यस आर्थिक वर्षदेखि फिल्मको कलेक्सन सार्वजनिक गरिरहेको छ । मन्त्रालयसँग समन्वय गरेर कमाइ सार्वजनिक गरिरहेको बोर्डको भनाइ छ । बोर्डले गत असार मसान्तसम्म अघिल्लो आर्थिक वर्षमा प्रदर्शनमा आएका विदेशी र स्वदेशी फिल्मको कमाइ पनि सार्वजनिक गरेको थियो ।

व्यक्तिको निजी व्यापारको तथ्यांक सार्वजनिक गर्न नमिल्ने भन्दै प्रदर्शक र वितरकले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका छन् । तर चलचित्र विकास बोर्ड चाहिं फिल्म क्षेत्र नाफाघाटाको व्यापार मात्र नभएर सांस्कृतिक तथा सिर्जनशील उद्योग पनि भएकाले कमाइ सार्वजनिक गर्न मिल्ने बताउँदै आइरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।