May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

विद्यालय नै बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १५:२६
विद्यालय नै बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने
  • आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने 
  • सरकारी शिक्षकहरुले विद्यालय बन्द गर्ने घोषणा गर्यो 
  • विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारबाही हुने 
  • हामी भोलि विद्यालय अनुगमन गर्छौं : प्रवक्ता मानन्धर

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन महर्जन विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको बताउँछन् । ‘तर, विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य हुँदैन, ऐनमा रहेका फरक मत हामी पनि राख्छौं’ उनले भने, ‘तर, विद्यालय बन्द गरेर निकास निस्किंदैन, बालबालिकाको पढाइ मात्रै प्रभावित हुन्छ ।’

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचरण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने उनले बताए । ‘हामी भोलि विद्यालय अनुगमन गर्छौं’ प्रवक्ता मानन्धरले भने, ‘विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारबाही हुन्छ ।’

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट