May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियुको आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १८:0८
काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियुको आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

मेचीनगर, १७ साउन । मेचीनगरमा जिल्लाभरका क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट स्थानीय तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो ।

 

क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानमा सहयोग गर्ने उद्देश्यका साथ स्ववियु समितीले उक्त प्रतियोगिता आयोजना गर्ने भएको हो । खेल क्षेत्रलाई प्राथमिकतामा राखी खेलको विकासमा समेत टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियु सभापति विशाल तामाङले बताए ।

 

खेल संयोजक अंकितप्रसाद चम्लगाईका अनुसार भदौ १५ बाट शुरु हुने प्रतियोगितामा जिल्लाभरका २० वटा कलेज सहभागी हुने आँकलन गरिएको छ । प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार क्रमशः नगद ५० हजार र ३० हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।