May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

पाटन हाइस्कूलले मनायो १०० औं वार्षिकोत्सव

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:३८
पाटन हाइस्कूलले मनायो १०० औं वार्षिकोत्सव

ललितपुर / ललितपुरको पाटनढोका स्थित पाटन हाइस्कूलले १०० औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक भव्य समारोहकाबीच १०० औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन रहेका थिए ।

यसैगरी कार्यक्रमको विशिष्ट अतिथिको रुपमा नेपालका लागि जापानी राजदूत किकुता युकाता, जाइकाका प्रतिनिधि, कोरियन प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा स्कूलका पूर्वप्रधानाध्यापकहरु, पूर्वव्यवस्थापन समितिका पदाधिकारीहरु, पूर्वविद्यार्थीहरु, अभिभावकहरु तथा स्थानीय समाजसेवी समेतको सहभागिता रहेको थियो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चिरीबाबु महर्जनले १०० औं वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गरे । ‘आफ्नो राम्रो सौभाग्य भएकोले नै १०० वर्ष पुरा गरेको विद्यालयको शतवार्षिकोत्सवको समुद्घाटन गर्न पाउँदा मलाई गर्व लागेको छ’ उनले भने, ‘यो चानचुने कुरा नै होइन म यो विद्यालयका सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

यो स्कूललाई सैद्धान्तिक र व्यवहारिक सहयोग गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । भूकम्पपछि क्षतविक्षत बनेको विद्यालय भवनलाई चिटिक्क परेको नयाँ भवन बनाउन सहयोग गर्ने जापान सरकारलाई पनि धन्यवाद ज्ञापन गरे । स्कूलले आगामी दिनमा शैक्षिक क्षेत्रमा पनि फड्को मार्ने उनले अपेक्षा गरे ।

जापानी राजदूत किकुता युकाताले बधाई ज्ञापन गर्दै यो कार्यक्रममा उपस्थित भई सम्मानित हुन पाउँदा खुसी लागेको बताए । जापान सरकारले नेपाललाई गरेको सहयोगको खुलेर प्रशंसा गरेको सुन्दा धन्य भएको पनि उनले बताए ।

जापान सरकारले नेपालका २४० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरेको भन्दै त्यसमा एक पाटन हाईस्कूल पनि भएको उनले बताए । सोही स्कूलमा पुनः आएर शतवार्षिक समारोहमा सहभागी हुन पाउँदा गर्व लागेको उनले बताए । यो स्कूलमा राम्रोसँग पढेर नेपालको प्रेरक शक्ति बन्न पनि विद्यार्थीहरुलाई उनले आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुलाई विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र गौलीले स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, कविता आदि पनि प्रस्तुत गरेका थिए । कार्यक्रमलाई विद्यालयका शिक्षकहरु ताराप्रकाश केसी, कुमार चौलागाई, अनिता पौडेल र सिर्जना बञ्जाडेले सञ्चालन गरेका थिए ।

यो विद्यालय वि.सं. २०८१ भदौ २९ गते तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पहलमा स्थापना भएको हो । विभिन्न आरोहअवरोहहरु पार गर्दै विद्यालय हाल व्यवस्थित भवनमा सञ्चालित छ । कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने यो विद्यालयमा हाल ११५६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र कानून संकायमा अध्यापन भइरहेको छ ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।