May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सुनकाण्ड सामसुम हुनु माथिको मान्छे परेर हो : शेखर कोइराला

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १२:१९
सुनकाण्ड सामसुम हुनु माथिको मान्छे परेर हो : शेखर कोइराला
  • भ्रष्टाचारले देशलाई गाँजिसक्यो 
  • देश अत्यन्तै अप्ठ्यारो र अराजकतामा गइसक्यो 
  • एकपछि अर्को इस्यु आउँछ
  • सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ
  • माथिको मान्छे परेर यस्तो भको हो 

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारले देशलाई गाँजेको उल्लेख गरे ।

“देश अत्यन्तै अप्ठ्यारो र अराजकतामा गएको लाग्छ । भ्रष्टाचारले देश गाँजेको छ । दण्डहीनता, मान्छे मारेको छ, राजनीतिक लेप लगाइदिएपछि त्यो छुट्छ,” उनले भने, “यो ठिक ठाउँमा नराखे देश अराजकतामा जान्छ ।” उनले भ्रष्टाचारका एकपछि अर्को काण्ड बाहिरिएको भन्दै चिन्ता व्यक्त गरे । ‘ठूला मान्छे’ मुछिएपछि भ्रष्टाचारकाण्डको छानबिन बीचमै रोकिने गरेको उनको भनाइ छ ।

“एकपछि अर्को इस्यु आउँछ । भुटानी शरणार्थी आएको थियो, अघि बढ्यो अनि रोकियो । ललितानिवासमा पनि त्यस्तै,” उनले भने, “किन रोकिन्छ भने माथि कोही ठूलो पर्छ, रोकिन्छ ।”

अहिले चर्चामा रहेको करिब क्विन्टल सुन तस्करी प्रकरण पनि त्यसै सामसुम हुने उनले जिकिर गरे । “सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ । किनभने, कोही न कोही इन्भल्भ हुन्छ,” उनले भने, “योबीचमा कति गयो होला ? यसले नेपालको सुरक्षा नाजुक छ भन्ने देखायो । यो काण्ड चलिरहेको बेला अर्को काण्ड आउँछ, हेर्नुहोला । किन यस्तो ? माथिको मान्छे परेर हो ।”

सुनकाण्डको छानबिन राजस्व अनुसन्धान विभागले मात्र गरिरहेकामा पनि उनले असन्तुष्टि जनाए । “सुनकाण्डमा राजस्व अनुसन्धान मात्र इनभल्भ छ, सीआईबी छैन, यो अचम्म छ,” उनले भने, “राजस्व पहिले अर्थमा हुन्थ्यो, ओलीले प्रमअन्तर्गत ल्याउनुभयो । शेरबहादुरजीले फर्काउनुपर्छ भन्नुभएको थियो, तर गर्नु भएन । अहिले प्रमले फर्काउनु भएन, अब आफैँ बुझ्नुस् । सोच्दै जाऊँ, कहाँ पुग्छ ।”

 

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट