April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मनसुनी रेखा नेपालतर्फ सरेर पानी पर्ने सम्भावना

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० ११:00
मनसुनी रेखा नेपालतर्फ सरेर पानी पर्ने सम्भावना
  • मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले एरिया कभरेजका हिसाबले धेरै ठाउँमा पानी पर्ने
  • मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना
  • आवश्यकता परिपूर्ति त नहोला तर केही दिनलाई भए पनि राहत भने हुने सम्भावना 

काठमाडौं ।।

मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले एरिया कभरेजका हिसाबले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए ।

मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘भोलिदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसबाट कृषि कर्ममा आवश्यकता परिपूर्ति त नहोला तर केही दिनलाई भए पनि राहत भने हुने सम्भावना छ ।’

महाशाखाले तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्ने भएकाले कति दिनसम्म पानी पर्छ भनेर ठोकुवा गरेर भन्न भने नसकिने मौसमविद झाले बताए । भोलि-पर्सिलाई मधेश प्रदेशमा पानी पर्ने सम्भावना रहे पनि सबैतिर एक नासको पानी भने नपर्ने उनको भनाइ छ ।

अहिले पानी पार्ने मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भागतिर सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) र पूर्वी भागतिर सरदर स्थानको दक्षिणतिर (भारततिर) अवस्थित छ । उक्त रेखा नेपालको पूर्वी भागतिर पनि केही दिनमै सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ ।

मौसमविद झाले भने, ‘आइतबारसम्ममा न्युनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सर्ने सम्भावना छ जसले गर्दा अलिकति एक्टिभिटीहरु बढ्छ ।’

मौसमविद विनोद पोखरेलका अनुसार भारत र बंगलादेशको पूर्वी तटमा रहेको न्यून चापले पूर्वी र मध्य नेपालमा राम्रो जलवाष्प ल्याइरहेको छ । तर वर्षा भने व्यापक भएको छैन । धान खेती गर्ने समयमै पर्याप्त पानी नपर्दा कृषि कर्ममा संलग्न तराई मधेशका बासिन्दा मर्कामा परेका छन् । त्यसैले सो क्षेत्रका जनप्रतिनिधिहरुले सुख्खाग्रस्त क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन संसदमै सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘अहिले वर्षा खण्डित रुपमा भइरहेको छ । कुनै-कुनै ठाउँमा मात्र भारी वर्षा भइरहेको छ । हल्कादेखि मध्यम खालको वर्षा पनि भइरहेको छ । अब चाहिँ त्यो एरिया कभरेज अलि बढी हुनेवाला छ,’ मौसमविद झाले भने ।

मनसुनी रेखा अहिले नेपालको पश्चिमी भूभाग नजिक सरेकाले गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशतिर पानी पर्दै आएको छ । त्यो रेखा अब नेपालको पूर्वी भागतिर पनि सर्यो भने त्यसको प्रभावले कोशीदेखि र बागमती प्रदेशसम्म पानी पार्ने प्रक्षेपण छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । आज राति भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।