sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन आउँदैछ भन्ने हामीलाई थाहा थियो : भन्सार प्रमुख

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:४३
सुन आउँदैछ भन्ने हामीलाई थाहा थियो : भन्सार प्रमुख
  • तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना केही दिनअघि नै आएको
  • सूचनाका आधारमा दुई दिनअघिदेखि  सबै  परिचालित भएको
  • प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ समेत गरेको 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् । सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको उनले बताएका छन् । शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर पाण्डेले भने, ‘त्यही सूचनाको आधारमा हिजो पनि प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ गरेका थियौं ।’

उनका अनुसार, भन्सार र प्ररहीको संयुक्त टोलीले विमानस्थलमा आउने र जाने शंकास्पद व्यक्तिहरुलाई निगरानी गरिरहेको थियो । ‘अघिल्लो दिन पनि केही विमानलाई अनुसन्धानको दायरामा ल्याएका थियौं, तर सुराकी अनुसार मालवस्तु फेला परेको थिएन’, पाण्डेले थपे, ‘हिजो १० केजीजति सुन प्राप्त हुने सुराकीका आधारमा दिउँसोदेखि परिचालित थियौं, राति १४ किलो फेला पर्‍यो ।’

त्यसक्रममा विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको जहाजमा आएका एक व्यक्तिलाई पक्राउ गरेर १४ किलो सुन बरामद गरेको छ । पाण्डेका अनुसार, फ्लाई दुबईको उडा नं. एफजेड ५७३ बाट आएका रसुवाका चन्द्र घलेलाई भन्सारका अधिकारी र प्रहरीले विमानभित्रै पक्राउ गरेका थिए ।

‘उनीसँग सुन छ भन्ने यकिन भएपछि त्यहीँ नियन्त्रणमा लिएर एक्सरेमा ल्याएका थियौं’, उनले भने, ‘त्यसक्रममा उनले छातीको दायाँ बायाँ लगाएको ज्याकेटभित्रका खल्तीमा दुई/दुई किलोको ७ वटा सुनको विस्कुट फेला पर्‍यो ।’ उनीसँग सोधपुछ गर्ने क्रममा उनले सुन गोरखाका मिनबहादुर घलेका लागि ल्याइदिएको बयान दिएका थिए । त्यसको आधारमा प्रहरीले घलेलाई पनि पक्राउ गरेको पाण्डेले बताए । छानबिनका लागि भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

समितिमा नेपाल प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य छन् । उनीहरुलाई ५ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको सहसचिव पाण्डेले बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबारै रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन समेत बरामद गरेको छ । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झन्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

केहीअघि विमानस्थलको सबै सुरक्षा जाँच पार भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् । सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले प्रकरणका आरोपीहरुको अहिले बयान लिइरहेको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid