May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सीके राउतलाई जनमत पार्टीले प्रधानमन्त्री बनाउने

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १२:१३
सीके राउतलाई जनमत पार्टीले प्रधानमन्त्री बनाउने
  • अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने
  • जनमत पार्टीले मिसन ८४ अभियान चलाउने 
  • चुनाव लड्नका लागि सक्षम र योग्य उमेदवार तयारी गर्ने 

काठमाडौ ।।

जनमत पार्टीले २०८४ को निर्वाचन अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी मिसन ८४ अभियान चलाउने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले २०८४ को निर्वाचनलक्षित अभियान चलाउने निर्णय गरिएको पार्टी उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

“२०८४ मा डा.  सीके राउतलाई नै प्रधानमन्त्रीको रूपमा अघि बढाएर चुनावमा होमिने निर्णय भएको छ,” खानले भने, “२०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भनेर एजेन्डामा सहमति भएको छ । जसका लागि मिसन ८४ भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय भएको छ ।”

जसका लागि तीनवटै तहका निर्वाचनका लागि उमेदवार खडा गराउने तयारी थालिने उनले बताए । “वडास्तरदेखि केन्द्रसम्म चुनाव लड्नका लागि सक्षम र योग्य उमेदवार तयारी गर्ने निर्णय भएको छ,” खानले भने ।

बैठकले पार्टीको केन्द्रीय कार्यालयदेखि सबै जिल्लाको पार्टी कार्यालय व्यवस्थित गरेर वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ । पार्टीको संयुक्त बैठकले राजनीतिक रूपमा संघीयताको सबलीकरण र पूर्णरूपमा अधिकार सम्पन्न बनाउन एजेन्डा नै पारित गरेको छ । बैठकले अहिलेको समसामयिक राजनीतिक विषयमा पनि छलफल र विभिन्न निर्णयहरू गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १२:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।