April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

बोल्न समय नपुगेकोले लेखेर दिन सदस्यहरुलाई प्रचण्डको आग्रह

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १३:१३
बोल्न समय नपुगेकोले लेखेर दिन सदस्यहरुलाई प्रचण्डको आग्रह
  • केन्द्रीय समिति बैठक आइतबार सकिँदै
  • केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह
  • एकेडेमीको हल आजसम्म मात्रै बुकिङ

काठमाडौं ।।

पाँच दिनयता जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सकिँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गरेका छन् । केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भने, ‘एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन ।’

नेताहरुले अझै बोल्न बाँकी १५० सदस्य रहेको भन्दै तिनले पनि मौका पाउनुपर्ने बताएका थिए । प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्न भनेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए।

‘संसद बैठक पनि हाम्रै मिटिङका कारण सारिएको छ, त्यसो त गर्न भएन नि,’ प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने, ‘जे कुरा छ, अब लिखितमै दिने हो, त्यहीँबाट सम्बोधन हुन्छ । बैठक आज जसरी पनि सकौं ।’

केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमा सहमति जनाएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र पदाधिकारीको बैठक सकिनेबित्तिकै केन्द्रीय समिति बैठक कमलादीमा सुरु हुनेछ । आज प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

केन्द्रीय समिति एक बजे बस्ने भनिए पनि बालुवाटार बैठकका कारण त्यो धकेलिने सम्भावना छ । बैठकमा कुनै पनि लिखित डकुमेन्ट आउने सम्भावना करिब सकिएको नेताहरुले बताए ।

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।