May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

बाढीले सिद्धी स्मृति अस्पतालका बिरामी, कर्मचारी र चिकित्सकको बिजोग

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० ११:३४
बाढीले सिद्धी स्मृति अस्पतालका बिरामी, कर्मचारी र चिकित्सकको बिजोग
  • भारी वर्षाका कारण भक्तपुर डुबानमा
  • भक्तपुरको सिद्धी स्मृति अस्पतालसमेत जलमग्न
  • जनप्रतिनिधिहरुको टोली डुबान प्रभावित क्षेत्रको अनुगमनमा

काठमाडौं ।।

काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी वस्तीमा पस्दा हनुमान घाट क्षेत्र डुबानमा परेको हो ।

भक्तपुरको सिद्धी स्मृति अस्पतालसमेत जलमग्न छ । अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् ।

 

बाराहीस्थान लगायतका क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जलसतह घट्दो क्रममा रहेको बताए । अहिलेसम्म अप्रिय घटना नभएको पनि उनले बताए ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले पनि अहिले पानीको बहाव घट्दो क्रममा रहेको जानकारी दिइन् । ‘पानीको बहाव कम भएकाले डुबान घट्दो क्रममा छ,’ उनले भनिन् । अहिले भक्तपुर नगरपालिकाको जनप्रतिनिधिहरुको टोली डुबान प्रभावित क्षेत्रको अनुगमनमा छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।