May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

रोटरी क्लव अफ मेचीनगर हाक्ने जिम्मा सविता नेतृत्वलाई ,मेचीनगरमा डाइलासिस मेशिन जडान गर्ने प्रतिवद्धता

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १९:५९
रोटरी क्लव अफ मेचीनगर हाक्ने जिम्मा सविता नेतृत्वलाई ,मेचीनगरमा डाइलासिस मेशिन जडान गर्ने प्रतिवद्धता

झापा, साउन २३ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष रुपमा सविता भण्डारी भेटवालले कार्यभार सम्हाल्नु भएको छ । आज क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रमका बिच रोटरी क्लव अफ मेचीनगरका निवर्तमान अध्यक्ष अनन्तप्रकाश वस्तीले रोटरी ग्यावल नव निर्वाचित अध्यक्ष भेटवाललाई दिंदै पद हस्तान्तरण गर्नु भएको हो ।

होटल मेची क्राउनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रोटरीका डिस्ट्रीक गर्भनर राजेन्द्र धोजुले नव निर्वाचित अध्यक्ष भेटवाललाई रोटरी कलर पहिर्याएर पद बहाली गराउनु भएको थियो ।

कार्यक्रमकाबीच रोट्रयाक्ट क्लव अफ मेचीनगरको समेत पद हस्तान्तरण भएको थियो । निवर्तमान अध्यक्ष विशाल कार्कीले नवनिर्वाचित अध्यक्ष श्याम शिवाकोटीलाई पद हस्तान्तरण गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रोटरीका डिस्ट्रीक गर्भनर धोजु, विषेश अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान अध्यक्ष अनन्त वस्ती, रोट्रयाक्ट क्लवका निवर्तमान अध्यक्ष विशाल कार्की, नवनिर्वाचित अध्यक्ष श्याम शिवाकोटी लगायतले मन्तव्य राख्नु भएको थियो ।

कर्यक्रममा स्वीकारोक्ती मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष भेटवाल ।

कार्यक्रमका सभापति रोटरी क्लव अफ मेचीनगरकी सन २०२३–२०२४ अध्यक्ष सविता भेटवालले स्वीकारोक्ती मन्तव्य राख्दै यो बर्ष विभिन्न सामाजिक र सेवामुलक कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । वहाँले यो मेचीनगरमा कम्तिमा दुई वटा डाइलासिस मेशिन जडान गरेर सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो । डाइलासिस मेशिन सञ्चालन गर्न मेचीनगर नगरपालिका र अन्य संघ संस्था र रोटरी क्लवका सदस्यहरुलाई सहयोगको अपिल समेत गर्नु भएको थियो ।

मानार्थ सदस्य ग्रहण गर्दै गायक रसाइली ।

गायक तथा संगीतकार कमल रसाइलीलाई रोटरी क्लव अफ मेचीनगरको मानार्थ सदस्य समेत प्रदान गरिएको कार्यक्रममा रसाइलीलाई रोटरीका डिस्ट्रीक गर्भनर धोजु र मेचीनगर प्रमुख बुढाथोकीले संयुक्त रुपमा रोटरीको मानार्थ सदस्यताको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । रोटरी क्लव अफ मेचीनगरका प्रेसिडन्ट इलेक्ट कमल प्रसाद कोइरालाले स्वागत गर्नु भएको कार्यक्रममा प्रेसिडेन्ट नोमिनी सर्मिला पाठकले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट