April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेपाल टेलिकमको १० लाख बराबरको रिचार्ज कार्ड गाएब

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १0:२४
नेपाल टेलिकमको १० लाख बराबरको रिचार्ज कार्ड गाएब
  • नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो
  • काठमाडौंबाट भैरहवा पठाउने क्रममा
  • रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध
  • ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा गाएब 

काठमाडौं ।।

५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।  काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।

निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।