June 2, 2025 | सोमवार, जेष्ठ २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकार र गौरविच सहमति लगत्तै जसपाको मिटिङ्ग

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:३३
सरकार र गौरविच सहमति लगत्तै जसपाको मिटिङ्ग
  • जसपाका कार्यकारिणी समितिका सदस्यहरुको भेट गर्ने तय
  • हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सरकार र गौरविच सहमति 
  • यो सहमति लगत्तै जसपाका नेताहरु अनौपचारिक छलफलमा 

काठमाडौं ।।

गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी (जसपा) ले चासो प्रकट गरेको छ । यस विषयमा छलफल गर्न जसपाका नेताहरु पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रुपमा भेट्दैछन् । नेताहरुका अनुसार केहीबेरमा कार्यकारिणी समितिका सदस्यहरुको भेट गर्ने तय भएको छ ।

जसपाका नेता मनिष सुमनका अनुसार नेताहरुको नियमित भेटघाट छ । कुनै औपचारिक बैठक भने राखिएको छैन । बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

लगत्तै जसपाका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । अनौपचारिक छलफलबाट धारणा बनाउने र आवश्यक परे औपचारिक बैठक राखेर पार्टीको धारणा सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट