May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की

आर्थिक समस्यामा प्रादेशिक अस्पताल

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0७:५९
आर्थिक समस्यामा प्रादेशिक अस्पताल

बुटवल, जेठ २१ गते ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमै समस्या देखिएको छ।

प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिएर अस्पतालको स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काएपछि अस्पताल सञ्चालनमा समस्या पर्दै आएको छ।

प्रदेश सरकारले दुई वर्षसम्म अनुदान उपलब्ध गराए पनि त्यसपछि गत वर्षबाट अनुदान सहयोग नदिएपछि अस्पताल सञ्चालनमा आर्थिक स्रोतको समस्या परेको हो।

अस्पताल प्रशासनले अस्पताल सञ्चालनमै समस्या परेको भन्दै विभागीय प्रमुख, शाखा प्रमुख र वार्ड इन्चार्जसँग अस्पतालको सेवा प्रवाह र विकासका विषयमा छलफल कार्यक्रम आयोजना गरेर निकास खोज्ने प्रयास गरेको छ।

छलफल कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारले घोषणा गरेको अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमा समस्या देखिएको बताउनुभयो।

प्रदेश सरकारले अस्पतालको सटर भत्काएर आधुनिक अस्पताल बनाउने योजना अनुसार अस्पताललाई वार्षिक साढे दुई करोड रुपियाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो।

त्यसको दुई वर्षसम्म अनुदान उपलब्ध भए पनि त्यसपछि भने प्रदेश सरकारका तर्फबाट आउनुपर्ने अनुदान आउन सकेको छैन। अस्पतालका

मेडिकल सुपरिन्टेन्डेन्ट डा सुदर्शन थापा क्षेत्रीले बिरामीको अधिक चाप र अस्पतालको सीमित साधन र स्रोतका कारण अस्पताल सञ्चालनमा कठिनाइ उत्पन्न भएको बताउनुभयो।

दैनिक एक हजार चार सय बिरामीले अस्पतालबाट सेवा लिँदै आएका छन् भने अस्पतालको गुणस्तरमा पनि वृद्धि भएको छ।

गत वर्ष प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा अस्पतालको जनरल शय्या र बहिरङ्ग सेवा अन्तर्गत टिकट निःशुल्क गर्ने घोषणा गरेको थियो। त्यसबापत अस्पताललाई दिनुपर्ने अनुदानसमेत प्रदेश सरकारले उपलब्ध नगराएको अस्पताल प्रशासनले जनाएको छ।

खासगरी पछिल्लो समय अस्पतालको सेवालाई थेग्न आर्थिक स्रोत खुम्चिँदै गएका कारण समस्या परेको छ भने जनशक्तिको कमी भएको छ। सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई तीन सय  शय्याको स्वीकृत दिए पनि अहिले अस्पतालमा पाँच सय शय्याको सुविधा छ। जसले गर्दा अस्पतालभित्रको सीमित स्रोतले थेग्न कठिन भएको हो।

अस्पतालका अध्यक्ष श्रेष्ठले आर्थिक अभावका बिचमा पनि विभिन्न सरोकारवाला निकायसंँग छलफल गरी अस्पतालले दिने सेवालाई यथासम्भव चुस्त बनाउन कोसिस गरिएको बताउनुभयो।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0७:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।