May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

राष्ट्रिय सभा सदस्य वामदेव गौतमको योग्यतामाथिको मुद्दा पेसीमा

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:२३
राष्ट्रिय सभा सदस्य वामदेव गौतमको योग्यतामाथिको मुद्दा पेसीमा

काठमाडौं । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय सभा सदस्य गौतमविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ हुदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सुनुवाइ हुँदैछ ।

प्रतिनिधि सभामा पराजित गौतम २०७७ साल भदौंमा राष्ट्रिय सभा सदस्यमा मनोनयन भएका थिए । निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

रिट निवेदनमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय बाझियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निर्वाचनमा पराजित व्यक्तिलाई सोही अवधिमा मनोनयबाट जनप्रतिनिधीमूलक संस्थामा ल्याउनुलाई ‘संवैधानिक नैतिकताको उल्लंघन’ भनी टिप्पणी गरे । अरु न्यायाधीशहरुले भने गौतमविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए ।

जनताको मतबाट अस्वीकृत व्यक्ति फेरि अर्को निर्वाचनबाट अनुमोदिन नभएसम्म शासन व्यवस्थामा सहभागी हुनुलाई जनभावना अनुकुल काम भएको मान्न नसकिने भन्दै न्यायाधीश खतिवडाले गौतमको नियुक्तिलाई विरोधाभाषयुक्त भनी टिप्पणी गरेका थिए ।

उनले रायमा भनेका थिए्, ‘निर्वाचनमा पराजित हुने तर अर्को बाटो (मनोनयन प्रक्रियाबाट) जनप्रतिनिधिमूलकम संस्थाको सदस्य हुने कुरा आपसमा अन्तर विरोधपूर्ण देखिन्छ ।’

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित चार जना न्यायाधीशको बहुमत रायमा राष्ट्रिय सभाको सदस्यमा हुनुपर्ने योग्यतामा वामदेव गौतमको ‘अयोग्यता’ नदेखिएको उल्लेख थियो ।

आदेशमा राष्ट्रिय सभा सदस्यमा नियुक्त भइ सांसद पनि बनिसकेको अवस्थामा उनलाई काम गर्नबाट रोक्न अन्तरिम आदेश आवश्यक नभएको औंल्याइएको थियो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट