May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

शिक्षकको मुख हेरेर सरुवामा विभेद

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १६:५0
शिक्षकको मुख हेरेर सरुवामा विभेद
  • एक शिक्षकलाई सरुवाको सहमति दिइएन 
  • कसैलाई दिन मिल्ने, कसैलाई नमिल्ने हुन्छ र ?  उनले प्रश्न गरिन् 
  • आफूलाई सरुवामा सहमति नदिएको शिक्षक विमला गिरीको गुनासो 

काठमाडौं ।।

गोरखाको पालुङटार नगरपालिकाले शिक्षक सरुवाको सहमति दिन विभेद गरेको एक शिक्षकले गुनासो गरेका छन् । पालुङटारबाट चितवनको भरतपुर महानगरपालिकामा सरुवा हुन चाहेकी शिक्षक विमला गिरीले आफूलाई सरुवा सहमति नदिएको गुनासो गरेकी छन् ।

‘पालिकाले इकाइ (शिक्षा विकास तथा समन्वय इकाइ) लाई पठाएको पत्रमा बोधार्थसमेत दिन मिल्दैन भन्नुहुन्छ, तर यस अघिकालाई दिइसक्नुभएको छ । कसैलाई दिन मिल्ने, कसैलाई नमिल्ने हुन्छ र ? उनले प्रश्न गरिन् । सरुवा भई जान भरतपुर महानगरपालिकाको विद्यालयबाट सहमति लिइसकेको तर पालुङटारले सहमति नदिएपछि शिक्षक गिरी समस्यामा परेकी छन् ।

भरतपुर महानगरपालिकाको शिक्षा ऐनमा आफ्नो पालिकामा सरुवा भई आउने शिक्षकले सम्बन्धित पालिकाबाट सहमति लिनुपर्ने व्यवस्था गरेको छ । पालुङटारले पनि यसअघि भरतपुर नै सरुवा भएका शिक्षकलाई सहमति दिएको तर आफूलाई विभेद गरेको शिक्षक गिरीको गुनासो छ ।

पालुङटारले भरतपुर महानगरपालिकामा सरुवा भई जाने एक शिक्षकको लागि ९ साउनमा शिक्षा विकास तथा समन्वय इकाईमा सहमति पत्र पठाउँदै भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखालाई बोधार्थ उल्लेख गरेको थियो । तर पालुङटारका शिक्षा शाखा प्रमुख माधव पोखरेल भन्छन्, ‘यसअघि के भयो त्यो थाहा भएन तर अब म केही गर्न सक्दिनँ ।’

यसअघि पालुङटारले इकाइलाई पठाएको सहमति पत्रमा शाखा अधिकृत पोखरेलकै हस्ताक्षर छ । तर अहिले शिक्षा ऐनले सरुवा सहमति दिने अधिकार शिक्षा विकास तथा समन्वय इकाइलाई रहेको उनले दाबी गरे ।

भरतपुर महानगरपालिकाले पालुङटार नगरपालिकाबाट सरुवा भई आउने शिक्षकलाई पालिकाको पत्र अथवा पालिकाले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाउने सहमति पत्रमा पालिकालाई बोधार्थ उल्लेख गरेको पत्र ल्याउन भनेको थियो ।

सोही अनुसार एक शिक्षकले पालुङटार नगरपालिकाले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको सहमति पत्रमा पालिकालाई बोधार्थ उल्लेख गरेको पत्र लिएर आएपछि पालिकाले सरुवा भई आउने सहमति दिएको जनाएको छ ।

यसअघि पालुङटारले इकाईलाई पठाएको सरुवा सहमति पत्रमा महानगर शैक्षिक महाशाखालाई बोधार्थ उल्लेख गरेको आधारमा शिक्षक सरुवा भई आएको सहमति पत्र बुझेको भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका उप-सचिव महेन्द्रप्रसाद पौडेलले बताए ।

उनले भने ‘पालिकाले व्यक्ति अनुसार कसैलाई दिने कसैलाई नदिने दोहोरो व्यवस्था त हुँदैन होला रु’ भरतपुरले पालिकाको शिक्षा ऐन अनुसार सरुवा भई आउने शिक्षक सबैलाई पालिकाको सहमति पत्र अथवा महानगरलाई बोधार्थ गरिएको पत्र अनिवार्य गरेको छ ।

पालुङटारले व्यक्ति अनुसार व्यवहार गर्दा आफू समस्यामा परेको शिक्षक गिरीको भनाइ छ । पालुङटार नगरपालिकाकी उपमेयर बन्दना पाण्डेले यो विषयमा जानकार नभएको तर कानुन सबैलाई समान रुपमा लागु हुने प्रतिक्रिया दिइन् ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट