May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

महानगर र कपनका स्थानीयबिच लफडा

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १३:५४
महानगर र कपनका स्थानीयबिच लफडा
  • कपनमा महानगरपालिकाको डोजर पुगेपछि तनाव
  •  साततले चोक नजिकैको खोला मिचेर घर बनेको 
  • सामाखुसी खोला जसरी नै यो खोला पनि खोल्ने योजना रहेको
  • बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच छलफल
     

काठमाडौं ।।

कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि तनाव भएको छ । काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए । उनले सामाखुसी खोला जसरी नै यो खोला पनि खोल्ने योजना रहेको बताए ।

तर बूढानीलकण्ठ नगरपालिका र त्यहाँका स्थानीयबासिन्दाले डोजर चलाउन दिएका छैनन् । वर्षाको समयमा डोजर आतंक गरेको भन्दै उनीहरुले महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । जसका कारण डोजर चलाउन सकिएको छैन । अहिले काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच छलफल भइरहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।