sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धरानमा डेंगु संक्रमित उच्च

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १५:१७
धरानमा डेंगु संक्रमित उच्च
  • धरानमा डेङ्गु संक्रमित बढे
  • वडा कार्यालयमा राखेर उपचार
  • डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा छैन बेड 
  • ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि

विराटनगर ।।

धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न थालिएको छ । हिजोआज डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन मुस्किल छ । त्यसैले वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य संघको भवनमा राखेर उपचार गरिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकोमध्ये ६९ प्रतिशतमा पोजेटिभ आएको हो ।

डेङ्गु संक्रमणका कारण ९ जनाको मृत्यु भएको उपमहानगरपालिकाको तथ्याङ्क छ । धरानमा हरेकजसो घरमा डेङ्गुका बिरामी छन् । डेङ्गु संक्रमित बढेपछि उपमहानगरपालिकाको वडा नं ८, ११, १३, १४ र १५ ले संक्रमितलाई वडाभित्रकै विभिन्न भवनमा राखेर उपचार गरिरहेको छ । त्यसबाहेक उद्योग वाणिज्य संघ र धरानको सभा गृहमा पनि बिरामीको जाँच र उपचार गरिएको महाशाखा प्रमुख मेहताले बताए ।

धरान उपमहानगरपालिका-१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार साउन ११ गतेदेखि वडामा नै डेङ्गु जाँचका लागि रगत संकलन र बिरामीको उपचार गरिएको छ । वडामा दैनिक ५० देखि ८० जनासम्म बिरामी आउने गरेको उनले बताए ।

धरान उपमहानगरपालिका-१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार साउन ११ गतेदेखि वडामा नै डेङ्गु जाँचका लागि रगत संकलन र बिरामीको उपचार गरिएको छ । वडामा दैनिक ५० देखि ८० जनासम्म बिरामी आउने गरेको उनले बताए ।

वडा कार्यालयले बाल क्लबका लागि बनाएको भवनको कोठामा म्याट ओछ्याएर बिरामीलाई राखिएको छ । ‘बिहानदेखि बेलुका ७ बजेसम्म बिरामी राखेर उपचार गर्छौं, त्यसपछि घर जानुहुन्छ’, उनले भने, ‘आउनुपर्ने अवस्था भए भोलिपल्ट पनि आउनुहुन्छ।’

औषधि र स्लाइनपानी चढाउनका लागि बिरामीलाई वडाको भवनमा राख्ने गरिएको उनले बताए । बिरामीको उपचारका लागि वडाको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाहेक चार जनालाई बाहिरबाट मगाइएको उनले बताए । अन्य वडा कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमा पनि बिरामी राखेर उपचार गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेङ्गु संक्रमितको उपचारका लागि छुट्टै वार्ड र क्लिनिक सञ्चालन गरिरहेको छ । क्लिनिकमा बिहानदेखि बेलुकासँग जाँच लागि जाने सेवाग्राहीको लाइन हुन्छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid