sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बर्दियामा वर्षाले तोड्यो रेकर्ड

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १३:१८
बर्दियामा वर्षाले तोड्यो रेकर्ड
  • बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा
  • २४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा
  • बर्दियाको २२६-४ मिलिमिटर वर्षा रेकर्ड

काठमाडौं ।।

बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो ।विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्री चेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा जनिक छ ।

२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘भारी वर्षा’, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ र २०० मिलिलिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ । बर्दीयाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

अति भारी वर्षा भएकाले बर्दियामा बाढीको उच्च जोखिममा परेको छ । यहाँका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् । स्थानीय खोलामा आएको बाढीले बार्बर्दिया नगरपालिका-८ का सबै गाउँहरू डुबानमा परेका छन् । बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको वडाध्यक्ष नरबहादुर चन्दले बताए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको उनले बताए ।

बर्दियामा कर्णाली, बबइलगायत स्थानीय साना खोलाहरू रहेका छन् । तीन नदी र खोलामा आकस्मिक बाढी आउने भएकोले आसपासका बस्तीलाई सतर्क रहन सरोकारवालाले सूचना जारी गरेका छन् । बर्दियाँसगै सिन्धुलीको मरिनखोला स्टेशन, मकुवानपुरको मकवानपुरगढी, हेटौंडा स्टेशनमा पनि धेरै वर्षा मापन भएको छ । मरिनखोलामा १८१.६, मकवानपुरगढीमा १५५.८ र हेटौंडामा १६७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid