sweet bonanza
January 30, 2026 | शुक्रबार, माघ १८, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

काष्ठमण्डपमा ताल्चा लाग्नु रहस्यमय

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १३:५४
काष्ठमण्डपमा ताल्चा लाग्नु रहस्यमय
  • ०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप
  • पुनर्निर्माणपछि केही महिनापछि नै ताल्चा
  • बन्द गरिएको भन्दै सरोकारवालाको असन्तुष्टि
  • जनप्रतिनिधिहरूको मौन र संवेदनहीनता आपत्तिजनक एवं खेदजनक

काठमाडौं ।।

०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप (मरु सत्तल) पुनर्निर्माणपछि २०७८ सालमा लोकार्पण गरिए पनि केही महिनापछि नै ताल्चा लगाएर बन्द गरिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । उनीहरुले मरु सत्तल पुनर्निर्माण गर्दा हेल्चेक्रयाईं भएको भन्दै छानबिन समेत माग गरेका छन् । पुनर्निर्माणका नाममा गठित समितिले काठैकाठले बनेको शताब्दीयौं पुरानो संरचनाको संवेदनशील अवस्था बेवास्ता गरी अनियमितता गरेको उनीहरुको आरोप छ ।

‘पुनर्निर्माणमा हेलचेक्य्राइँ र भ्रष्टाचार गरिएकै कारण अहिले काष्ठमण्डपमा ताल्चा लगाएर राख्नुपरेको हो भन्ने हाम्रो ठहर छ । दुर्भाग्य, सरोकारवाला स्थानीय बासिन्दाले पटकपटक ध्यानाकर्षण गर्दा पनि राज्यका कुनै अङ्गले काष्ठमण्डपको अवस्थाप्रति ध्यान दिएनन्’, काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका तर्फबाट वीरेन्द्रभक्त श्रेष्ठले वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकालगायत काष्ठमण्डप भएको क्षेत्रबाट स्थानीय तहदेखि संघीय संसद्सम्ममा निर्वाचित जनप्रतिनिधिहरूको मौन र संवेदनहीनता आपत्तिजनक एवं खेदजनक छ ।’

काष्ठमण्डप विश्वमै अद्वितीय सामुदायिक साँस्कृतिक सम्पदा भए पनि यसको महत्वलाई राज्यले उपेक्षा गरेका कारण स्थानीयहरूले काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान चलाउनुपरेको वक्तव्यमा भनिएको छ ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका बीचमा काष्ठमण्डप पुनर्निर्माणका लागि सम्झौता पनि भएको तर, काठमाडौं महानगरपालिकाले सुरुदेखि नै असहयोग र हस्तक्षेप गरेर अभियानलाई निर्माण प्रक्रियाका सबै चरणबाट पन्छाउने काम गरेको विज्ञप्तिमा जनाइएको छ ।

पुनर्निर्माणका क्रममा सक्रियतापूर्वक संलग्न हुनुपर्ने पुरातत्त्व विभाग पनि काष्ठमण्डपका हकमा असफल सिद्ध भएको फलस्वरुप अहिलेको विसङ्गत अवस्था उत्पन्न भएको उनीहरुको ठहर छ । पुनर्निमाणका क्रममा भएका विसङ्गतिको छानबिन गरेर कारण पहिचान गरी सच्याउनुको भने विकल्प नभएको उनीहरुले बताएका छन् ।

‘पुरातत्त्वविद् तथा सरोकारवाला स्थानीय बासिन्दा र अभियानका प्रतिनिधि सम्मिलित समिति बनाएर पुनर्निर्माणका क्रममा भएको हेलचेक्य्राइँ तथा भ्रष्टाचारको छानबिन गर्न र अब काष्ठमण्डपलाई कसरी पुरानै रूपमा फर्काउन सकिन्छ भन्ने विस्तृत अध्ययन गरी पुनर्निर्माणको काम फेरि सुरु गर्न हामी जोडदार माग गर्छौँ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल मण्डल सभ्यताको प्रतिविम्बका रूपमा रहेको काष्ठमण्डपलाई पुनर्निर्माण गरेर पूर्ववत् अवस्थामा खडा गर्न यसका सरोकारवाला स्थानीय जनता सक्षम र प्रतिबद्ध छन् ।’

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid