April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

सुन तस्करीमा पक्राउ परेका दावाको फोन फरेन्सिक ल्याब सार्वजनिक गर्नुपर्छ : रवि

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १७:0९
सुन तस्करीमा पक्राउ परेका दावाको फोन फरेन्सिक ल्याब सार्वजनिक गर्नुपर्छ : रवि
  • रास्वपाले संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध 
  • अर्थ मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथी नै शंका
  • दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न माग

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध गरेको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपा सांसदहरुले संसद भवन परिसरबाटै संसदभित्र जसरी सभामुखलाई सम्बोधन गरेर आफ्नो धारणा राखे ।

‘संसदभित्र राख्न नपाइएको हुनाले संसद भवनलाई साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरु राख्न चाहन्छु’, रास्वपा सभापति रवि लामिछानेले सञ्चारकर्मीहरुसँग भने ।

उनले मंगलबारको संसद बैठकमा गृहमन्त्रीले दिएको जवाफमाथि केही प्रश्न उठाएका छन् । गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै उनले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानुन टेकेर भन्सार विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा पठाएको भनेर प्रश्न गरे ।

उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने भन्दै लामिछानेले अगाडि भने, ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन । यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको संलग्नता छ कि छैन भन्ने शंकाको विषय भयो ।’

सीआईबी ३५ दिन दिने गृहमन्त्रीको प्रस्तावमा शंका नगर्ने उनले बताए । तर अहिले जिम्मेवारीमा भएका मानिसहरुलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने भन्दै उनले भने, ‘भन्सारको सिंगो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिंगो सेट, प्रहरी प्रमुखदेखि सिंगो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ? ’

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको केही प्रहरी प्रमुखसँग निरन्तर कुराकानी भएको थाहा भएको भन्दै उनले दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न माग गरे ।

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १७:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।