May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

नक्कली भुटानी थुनामुक्त भएपछि फेरी सम्पत्ति छानविनका लागि नियन्त्रणमा लिने

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० ११:१८
नक्कली भुटानी थुनामुक्त भएपछि फेरी सम्पत्ति छानविनका लागि नियन्त्रणमा लिने
  •  आरोपितलाई थुनामुक्तपछि छानबिनका लागि नियन्त्रणमा लिने
  • कारागारले आरोपितलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी
  • आरोपितहरुलाई पक्राउ नगरी तारेखमा राखेर अनुसन्धान अघि बढाउने

काठमाडौं ।।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशपछि रिहा हुने आरोपित थुनामुक्त भएलगत्तै राज्यका अरु दुई निकायले छानबिनका लागि नियन्त्रणमा लिने भएका छन् । गत शुक्रबार उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा १९ आरोपितमध्ये ९ जनालाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर र सामान्य तारेखमा रिहा हुन लागेका आरोपितलाई केन्द्रीय कारागारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ ।

केन्द्रीय कारागारका प्रमुख ललितकुमार बस्नेतले आइतबार ढिलोगरी पत्र आएको र अर्को निकायमा बुझाउने समय नभएको बताए । ‘कुनै कारणले आरोपितहरु छुटिजाने भएमा अनुसन्धानको सिलसिलामा हामीकहाँ पठाउनु भनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको छ’ जेलर बस्नेतले भने, ‘आइतबार कार्यालय बन्द भइसकेकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउन सकेनौं । सोमबार बुझाउनेछौं।’

शुक्रबार उच्च अदालतको आदेशपछि आरोपितहरु आशिष बुढाथोकी सामान्य तारिखमा छुट्नुपर्ने थियो भने हरिभक्त महर्जनले १५ लाख, शमशेर मियाँ, नरेन्द्र केसीले १०/१० लाख रुपैंया धरौटी बुझाइसकेका छन् । अर्को निकायमा बुझाउनुपर्ने भएकाले उनीहरुलाई आइतबार रिहा गर्न नसकिएको जेलर बस्नेतले बताए । उच्च अदालतले धरौटी मागेका टेकनाथ रिजालले १५ लाख, सन्दीप रायमाझीले ३० लाख र रामशरण केसीले १५ लाख बुझाइसकेका छैनन् । कारागारले आरोपितलाई बुझाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुमाथि अनुसन्धानको सिलसिलामा बयान लिनेछ।

पक्राउ हुने अवस्था नभए उनीहरुलाई धरौटी मागेर रिहा गर्ने प्रक्रिया छ । पक्राउ गर्नुपर्ने भएमा विशेष अदालतमा पेश गर्नुपर्ने हुन्छ । पक्राउ गरेमा ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने भएकाले यस्ता घटनामा आरोपितहरुलाई धरौटी मागेर छाडिने एक अनुसन्धान अधिकृतले बताए । विभागले छाडेपछि उनीहरुलाई फेरि वयानका लागि अख्तियारमा पुर्‍याउने योजना छ । अख्तियारले पनि बयान लिएपछि उनीहरुलाई तारिखमा छाड्छ । रंगेहात घुसका घटनाबाहेक अरु भ्रष्टाचारका अनुसन्धानमा अख्तियारले आरोपितहरुलाई पक्राउ नगरी तारेखमा राखेर अनुसन्धान अघि बढाउने गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।