April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सभामुखसँग समय माग्छु, बोल्न दिनु भएन भने उभिन्छु : सुनिल शर्मा

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १७:१२
सभामुखसँग समय माग्छु, बोल्न दिनु भएन भने उभिन्छु : सुनिल शर्मा
  • पटकपटक समय माग्दा पनि बोल्न नपाएको गुनासो
  • बोल्न समय नदिए विद्रोह गर्ने चेतावनी
  • सभामुखसँग समय माग्छु, दिनु भएन भने उभिन्छु
     

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि नपाएको गुनासो गरेका छन् । अब पनि बोल्न समय नदिए विद्रोह गर्ने उनको चेतावनी छ । आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले पछिल्लो समय संसद बोल्न माग्दा समय नपाएको बताए ।

पटकपटक माग्दा पनि प्रमुख सचेतकले समय नदिएपछि आफूले मिडियासँग बोलेको उनले सुनाए । मोरङ ३ बाट निर्वाचित सांसद शर्माले बोल्न समय दिए पार्टीले भनेको निर्देशनभन्दा बाहिर नजाने बताए । उनले अघि भने, ‘तर पञ्चायत जस्तो बोल्न दिनु भएन भने म बिद्रोह गर्छु । सभामुखसँग समय माग्छु, दिनु भएन भने उभिन्छु ।’

पछिल्लो पटक आफूले अब पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बोलेको समेत उनले सुनाए । शर्माले अघि भने, ‘मेरो पार्टी सभापतिलाई प्रधानमन्त्री बनाउँछु भन्दा गल्ती भयो भने फिर्ता लिन तयार छु ।’

  • साझा परिवेश
  • आइतवार, साउन २८, २०८० १७:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।