June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने ‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’ २९ जना जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

भूकम्प जुनसुकै बेला जान सक्ने

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:३१
भूकम्प जुनसुकै बेला जान सक्ने

काठमाडौं । बाजुरा केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ५ बजेर १५ मिनेट जाँदा बाजुरा केन्द्र बनाएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । बिछिया केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

“पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले यो क्षेत्र ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको क्षेत्र हो । यो भू–भागमा ठूलो मात्रामा इनर्जी सञ्चित रहेको छ । यसैगरी सानोसानो भूकम्प गएर इनर्जी सकियो भने राम्रो हो,” भूकम्पविद् कोइरालाले  भने, “सानो भूकम्प जान जति कम भयो त्यति ठूलो भूकम्प जाने सम्भावना रहन्छ, त्यसैले सानो भूकम्पका धक्काहरू गएको राम्रो हो ।”

उनले बेलाबेलामा जाने साना धक्काहरूले ठूलो भूकम्प जुनसुकै बेला जानसक्छ भन्ने संकेत गरिरहेको भन्दै यसबाट सचेत रहनु पर्नेमा जोड दिए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।