April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

राजश्व अनुसन्धान सुन गाल्ने काम गर्दै

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० ११:२७
राजश्व अनुसन्धान सुन गाल्ने काम गर्दै
  • राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गर्यो 
  •  ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम
  • एमालेको सुन अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग जारी 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ ।बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो ।

ब्रेक सु भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागले नक्सालबाट बरामद गरेको थियो । उक्त सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयमा ल्याएर राखिएको थियो । सोमबार ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर अर्यालले बताएका छन् ।

तस्करीको सुन बरामद भएदेखि नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । सुन तस्करी प्रकरणमा सरकारकै सेटिङ भएको आशंका गर्दै एमालेले यसको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गरेको छ ।

सरकारले भने राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणको अनुसन्धान गर्दै आएकाले उच्चस्तरीय समिति आवश्यक नरहेको जनाउँदै आएको छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।