May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

भ्रष्टाचार र अनियमितता रोक्न टोल र वडाबाटै सुधार ल्याउनुपर्छ : प्रकाशमान सिंह

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० ११:४0
भ्रष्टाचार र अनियमितता रोक्न टोल र वडाबाटै सुधार ल्याउनुपर्छ : प्रकाशमान सिंह
  • जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुन जरुरी 
  • माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो
  • धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन
  • भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै सुधार ल्याउनुपर्छ 

 काठमाडौं ।।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ ।

‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो,’ आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौं । धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन । बरु दुःख गरौं न ।’

उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्दती र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए । त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरुलाई ठेगाउन लगाउनुपर्ने उनले बताए ।

पार्टीभित्र सुविधाभोगी गतिविधि अब रोक्नुपर्ने बताउँदै उनले भने, ‘काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरुलाई अब ठेगान लगाउनुपर्छ । त्यसका लागि पार्टीभित्रैबाट अभियान चलाउनुपर्छ ।’

भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने बताए । ‘बिस्तारै करेक्सन गरेर २०४६ अघिको जस्तै पार्टी बनाउनुपर्ने छ । त्यसो भयो भने कांग्रेसलाई कसैले च्यालेन्ज दिन सक्दैन,’ उनले भने ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ छ । ‘कप्लेन त सबैतिर छ । कप्लेन गरेर मात्र भएन नि । के गरेर समाधान गर्ने भन्नेतिर लाग्नुपर्यो,’ उनले भने, ‘मैले ५६ सालदेखि भन्दै आएको छु- टोल, वडासम्म विधि र नियमबाट चलाउनु पर्यो नि । हामी जहाँ-जहाँ छौं, त्यहाँबाट लागौं न ।’

कसैकसैले कचकच गर्दैमा जिम्मेवारी दिउँ नत भनेर दिन नहुने बताउँदै उनले त्यसो गरेमा इमान्दार नेता कार्यकर्ता निराश हुने बताए । केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउन उनले निर्देशन दिए । चर्का कुुरा गर्ने तर काम नगर्ने शैली बदल्न उनले आह्वान गरे ।

‘केन्द्रले पठाइहाल्यो, गर्दिउँ न भनेर झारा टार्ने किसिमको काम गर्ने र भाषण मात्र चर्काचर्का कुरा गरेर मात्र हुँदैन,’ नेता सिंहले भने, ‘आधारभूत कुरा नगरेर उडन्ते कुरा गरेर, पार्टी कता-कता पुगिराछ आफूचाहिँ उडिराछ, यसरी काहिँ चल्छ ?

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।