July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

नेप्सेमा वृद्धि, २ अर्ब नजिक

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १५:४२
नेप्सेमा वृद्धि, २ अर्ब नजिक

काठमाडौं ।।

सेयर बजार परिसूचक नेप्से १।३५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से २५।६६ अंकको वृद्धि हुँदा १९२७।६५ अंकको बिन्दुमा बन्द भएको छ । बजेटपछि प्राकृतिक व्यक्तिले सेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर नै अन्तिम हुने कि नहुने भन्ने विषयले सेयर बजार नै तरंगित भयो । बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको गिरावट भएको नेप्से त्यसपछि सम्हालिएर बढ्न लागेको छ ।

गत साता बजेटको अघिल्लो दिन सहित बजेटपछि १६ जेठ मंगलबार र १७ गते बुधबार समेत घटेको नेप्से १८ जेठ बिहीबार सामान्य वृद्धि भएको थियो । यो साताको आइतबार ५३ अंकले बढेको नेप्से सोमबार १६ अंकको करेक्सन भएपनि मंगलबार पुनः बढेको हो ।
मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ५।६७ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसूचक ४।६४ प्रतिशत र हाइड्रोपावर उपसूचक ३।५५ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ । मंगलबार नेप्सेमा ३६ हजार ११८ वटा कारोबारमा ५५ लाख ४१ हजार ८७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको करिब ९ करोड ६९ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ९ करोड १८ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २२० सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ३१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९।८५ प्रतिशतले वृद्धि हुँदा सनराइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ९।२४ प्रतिशत र सोल्टी होटलको सेयरमूल्य ८।७५ प्रतिशतले वृद्धि भएको छ ।

यता मनाकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक २।५७ प्रतिशतले गिरावट हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य २।४५ प्रतिशत र सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य २ प्रतिशतले गिरावट भएको छ । यस्तै सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य ३।०४ प्रतिशतले गिरावट भएको हो ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्