May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

पत्रकार मनोहर पोखरेलमाथिको घटना छानबिन होस् : मानव अधिकार आयोग

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १३:४0
पत्रकार मनोहर पोखरेलमाथिको घटना छानबिन होस् : मानव अधिकार आयोग
  • मनोहर पोखरेलमाथि भएको घटनाको छानबिन गर्न अधिकार आयोगको माग
  • उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारवाही गरियोस्
  • राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण 

काठमाडौं ।।

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

मंगलबार मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारवाही गर्न र अधिकारकर्मीको सुरक्षामा ध्यान दिन माग गरेको हो ।

‘मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा सेवाग्राहीको काम विशेषले गएको समयमा उक्त कार्यालयमा कार्यरत प्रहरीद्वारा कुटपिट तथा दुर्व्यवहार भएको घटना एवम् उक्त घटनालाई लिएर स्थानीय पत्रकारहरु र अन्य सामाजिक संघ संस्थाहरुबाट निरन्तर भइरहेको विरोधका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,

‘ आयोगका प्रवक्ता टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘अतः निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारवाही गर्न र अधिकारकर्मीको सुरक्षामा ध्यान दिन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।