April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उडान रोक्ने निर्णय खारेज गर्नुपर्छ : प्रधानमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १४:0५
उडान रोक्ने निर्णय खारेज गर्नुपर्छ :  प्रधानमन्त्री
  • दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने निर्णयमा प्रधानमन्त्रीको असन्तुष्टि  
  • मौसमको कारण देखाउँदै दिउँसो १२ बजेपछि उडानमा समस्या 
  • आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानी समस्यामा  गुनासो
  • ‘अपरेशन आवर’ निर्णयलाई खारेज गरि स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं ।।

कर्णालीका विभिन्न जिल्लासहित दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराएका छन् ।

प्राधिकरणले मौसमको कारण देखाउँदै दिउँसो १२ बजेपछि उडान रोकिरहेको छ । यसले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको गुनासो व्यवसायीको छ ।

जहाज कुर्दा हुम्लामा हाल सम्म २ जना बिरामीको ज्यानसमेत गइसकेको भन्दै उनीहरुले ‘अपरेशन आवर’ निर्णयलाई खारेज गरि स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन् । ‘नागरिकमाथि अन्याय भयो, आवतजावत ठप्प छ, ढुवानी भएका छैन र बिरामीले विमान कुर्दै ज्यान समेत गुमाइसकेका छन्,’ समाजका अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले भने ।

समाजले निर्णय कार्यन्वयन भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो । कर्णालीका जनप्रतिनिधिसँग समेत छलफल गरी निर्णय फिर्ता लिन सरकारसाग पहल गर्न आग्रह गरको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।