May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

झापामा पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको श्री ५ लेखेको सिलालेख हटाउन लगाइयो

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १५:२४
झापामा पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको श्री ५ लेखेको सिलालेख हटाउन लगाइयो

पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा उदघाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५’ लेखेर अनावरण गर्न लगाएको बिर्तामोड १ स्थित इकम कलेजमाथि कार्वाही प्रक्रिया अगाडि वढाइएको छ ।

सो कलेजको दर्ता खारेजीको लागि प्रक्रिया अगाडि बढाइने भएको हो । कलेजले बहालवाला राजा सरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भएजसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको करकलमबाट बिर्तामोड नगरपालिका वडा नं १ झापामा रहेको इकम कलेजको प्रांगणमा स्थापित राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण एवं कलेजको विधिवत समुद्घाटन कार्य सुसम्पन्न भयो । इति सम्वत् २०८० साल ०८ महिना ०९ गते रोज शुभम् ’लेखिएको शिलालेख राखेको थियो ।

 

इकम कलेजले संबिधानको ठाडो उल्लंघन गरेकाले दर्ता खारेजीको प्रक्रिया अगाडि बढाइने बिर्तामोड १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले बतानुभयो । पाण्डेले इकम कलेजसंग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताउँनुभयो । चौतर्फी विरोधपछि इकम कलेजको प्रांगणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाइएको थियो । कलेजका संचालकहरुले आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेका छन् । सालिक अनावरण गर्नेक्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हिजैै हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्की बताउँनुभयो । उनले दुई–तीन दिनपछि निर्माण हुने अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने जानकारी दिनुभयो ।

यसअघि शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि स्पष्टीकरण सोध्नुभएको थियो । त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको थियो । पूर्वराजा शाहले सालिक अनावरणसँगै सोही दिन विधिवत उद्घाटन पुर्वराजा ज्ञानेन्द्रबाट गरिएको थियो । इकम कलेज विगत ८ बर्षदेखि संचालित छ । इकम कलेजले होटल म्यानेजमेन्ट, बिज्ञान र व्यवस्थापन संकायको कक्षा संचालन गर्दै आएको छ । पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रमलाई राजावादीहरुले झापामा शक्ति प्रदर्शनकै रुपमा लिएका थिए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट