April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अर्थतन्त्र खत्तम भयो भन्ने भाष्यले जनमानसमा डर पैदा भयो : अर्थमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १४:४७
अर्थतन्त्र खत्तम भयो भन्ने भाष्यले जनमानसमा डर पैदा भयो : अर्थमन्त्री
  • सबै मिलेर अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा जनमानसमा डर पैदा 
  • अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउन सबैको सकारात्मक सञ्चार जरुरी 
  •  सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएको समेत दाबी

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सबै मिलेर अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा मानिस खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री महतले बजारमा पैसा पर्याप्त भए पनि अर्थतन्त्र खत्तम भयो भन्ने भाष्यको प्रचार हुँदा मानिसले खर्च गर्न र ऋण लिन डराएको उनले बताए ।

अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउन सबैले सकारात्मक सञ्चार गर्नुपर्ने उनको भनाइ छ । यसमा निजी क्षेत्रले भूमिका खेल्न सक्ने उनले बताए । निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्न नहुने उनको तर्क छ । ‘अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ, ब्याज घटिरहेको छ,’ अर्थमन्त्री महतले भने, ‘सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैं नकारात्मक भन्नु हुँदैन, हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ ।’

अर्थमन्त्री डा. महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्व बलियो बनाउने नीतिमा सरकार अघि बढेको समेत बताए । डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएको समेत दाबी गरे ।

आन्तरिक उत्पादन बढाउन संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे । ‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ । यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैं आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ? ’ उनको प्रश्न छ ।

चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास छ । गतवर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनले बताए । अर्थमन्त्री महतले भने, ‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको सङ्ख्या धेरै छ । उनीरूलाई करको दायरामा ल्याउनुपर्छ ।’ अर्थमन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाव दिए ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।