May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

प्यूठान र रोल्पा जाने सडक १६ घण्टा बन्द

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:२३
प्यूठान र रोल्पा जाने सडक १६ घण्टा बन्द
  • प्यूठान र रोल्पा जाने सडक दैनिक १६ घण्टा बन्द हुने
  • राती ९ बजेदेखि अर्को दिन ८ बजेसम्म सडक ठप्प हुने
  • आँशु हरियाली जेभी प्यूठानले सडक ममर्तको काम गर्दै 

बुटवल ।। 

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट प्यूठान र रोल्पा जाने सडक दैनिक १६ घण्टा बन्द हुने भएको छ। भालुवाङदेखि माण्डवी गाउँपालिकाको केन्द्र चकचके खण्डका विभिन्न स्थानहरुमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द हुने भएको हो। सडक डिभिजन प्यूठानले सार्वजनिक जारी सूचना जारी गर्दै समयको ख्याल गरेर यात्रा गर्न सर्वसाधरणलाई जानकारी दिएको छ। मंगलवारदेखि दिउँसो १ बजेदेखि बेलुका ६ बजे र राती ९ बजेदेखि अर्को दिन ८ बजेसम्म सडक ठप्प हुने सडक डिभिजन प्यूठानका सूचना अधिकारी इन्जिनियर किसनप्रसाद गैरेले जानकारी दिए।

साँघुरा सडक र घुम्तीहरुका कारण दुर्घटना बढ्दै गएकाले मोडहरुलाई काट्ने र सडक चौडाह बनाउने योजना अनुसार कार्यालयले ठेक्का मार्फत काम गर्दै छ। करिव डेढ महिनाजति सडक अवरुद्ध गरेर काम गर्न थालिएको गैरेले बताए।कार्यालयले बिहान ८ देखि १२ बजे र ६ देखि ९ बजेसम्म मात्र यात्रा गर्न नागरिकहरुलाई आग्रह गरेको छ। आँशु हरियाली जेभी प्यूठानले सडक ममर्तको काम गर्ने जिम्मेवारी पाएको छ। रोल्पा र प्यूठानका यात्रुहरुको बुटवल, काठमाडौं, दाङ, नेपालगञ्ज लगायत शहरमा व्यापार व्यवसायदेखि स्वास्थ्य उपचार गर्न जाने यो मुख्य सडक हो। प्यूठानका पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी जाने सडक पनि यही हो।

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।