May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

राष्ट्र बैंक र वाणिज्य महासंघबीच सुचनामा समझदारी

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:२१
राष्ट्र बैंक र वाणिज्य महासंघबीच सुचनामा समझदारी
  • सूचना आदानप्रदान गर्ने समझदारी
  • आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्ने
  • बैंकलाई सूचना उपलब्ध गराउने महासंघको प्रतिबद्धता

काठमाडौं ।।

नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन तथा अनुसन्धानका लागि आर्थिक तथ्यांक र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुक्रबार उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका हुन् । उक्त समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्यांक र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउने छन् । त्यसका लागि महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ ।

राष्ट्र बैंकले समय-समयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्यांक र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले बैंकलाई उपलब्ध गराउने समझदारी भएको छ । महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्यांक नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले अध्ययन-विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन गर्ने प्रयोजनका लागि मात्र उपयोग गरिनेछ । सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्यांक र सूचनाको पूर्णरूपमा गोपनीयता कायम गरिने दुईपक्षीय समझदारी छ । त्यसरी उपलब्ध गराइएको तथ्यांक र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययन/अनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग नगरिने समझदारी भएको छ ।

उद्यपि, उद्योग/व्यवसायको पहिचान नहुनेगरी प्रकाशित भएको तथ्यांक र सूचनाको उपयोगमा भने बाधा पर्ने छैन । कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्यांक र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्यांक र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट