May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

महानगरका उपाध्यक्षले छुट्टी माग्दा बालेनले राजिनामा नै मागे

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:0५
महानगरका उपाध्यक्षले छुट्टी माग्दा बालेनले राजिनामा नै मागे
  • सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिए
  • खड्काले पारिवारिक कामका कारण लामो छुट्टी मागेका थिए
  • लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन बालेनले दबाब दिए

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् । खड्काले पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन दबाब दिएपछि राजीनामा बुझाएका हुन् ।

योजनाको काममा लाग्नुपर्ने बेला उपाध्यक्षले लामो विदा मागेपछि उनीसँग राजीनामा माग गरिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए । ‘आर्थिक वर्ष सुरु भएको केही दिनमात्रै भएको छ, योजनासम्बन्धी धेरै काम गर्ने बेला उहाँले लामो समय विदा मागेपछि, राजीनामा कै कुरा भएको हो’, शाहले भने ।

खड्कालाई २६ पुसमा काठमाडौं महानगरपालिकाले योजना आयोगको उपाध्यक्षमा नियक्त गरेको थियो । उनले ७ महिनामै राजीनामा दिएर बाहिरिएका छन् ।

परिवारिक कामका कारण आफूले समय दिन नसकेपछि राजीनामा दिएको खड्काले बताए । ‘मेयरसँग असझदारी भएर वा अन्य कारणले राजीनामा दिएको होइन,’ खड्काले भने । खड्काकै योजनामा महानगरपालिकाले चालु आवमा महानगर गौरवको योजना, स्वर्णिम योजना ल्याएको थियो ।

राजभण्डारीलाई उपाध्यक्ष बनाइँदै

बालेनका स्वकीय शाहका अनुसार बिहीबार बस्ने कार्यपालिका बैठकले डा. सुमननरिसंह राजभण्डारीलाई नयाँ उपाध्यक्षमा नियुक्ति गर्दैछ । राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन् । इन्जिनियरिङमै विद्यावारिधि गरेका राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए । अध्ययन तथा काममा राजभण्डारीले बालेनलाई गुरुले जसरी नै सिकाउने गरेको उनी निकट स्रोतले बतायो ।
मेयर बालेनका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि राजभण्डारीनिकट हुन् । सन् २०१९ मा लम्सालले डिबी मल्टी इन्जियिरिङ कन्सल्टमा राजभण्डारीसँगै काम गरेका थिए । सोही बेला कम्पनीले लिभरपुल कलेज, दमक कम्प्लेक्स, पाँचखाल तरकारी बजारलगायतको डिजाइन गरेको थियो ।

राजभण्डारीको नियुक्तिमा स्वार्थको द्वन्द्व नहुने बालेनका भौतिक पूर्वाधार सल्लाहकार लम्साल भने बताउँछन् । ‘नेपालमा स्ट्रक्चरल इन्जिनियर थोरै नै छन्, उहाँहरुलाई चिन्नु सामान्य नै हो । काठमाडौं महानगरले विभिन्न आयोजनामा काम गरेका विज्ञलाई नियुक्त गर्नु नौलो कुरा होइन’, लम्सालले भने । मेयर बालेनसँग चिनजान भए पनि उनीहरुले कहिल्यै सँगै काम नगरेको उनले बताए ।

चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ । मेयर भएपछि बालेनले आयोगलाई थप बलियो बनाउँदै गएका छन् ।

योजना आयोगका उपाध्यक्षले मेयर र कार्यपालिका मार्फत बजेटमा योजनाहरुको छनोट लगायतको काम गर्छ । महानगरको सहरी योजना आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेर सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेर विशिष्टता हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षले नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीको कर्मचारीले पाए सरह सेवा सुविधा पाउँछन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।