May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लेखा समितिमा कोरम न पुगेर बैठक स्थगित

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:३२
लेखा समितिमा कोरम न पुगेर बैठक स्थगित
  • लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसि स्थगित
  • आज बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुनुपर्ने 
  • कोरम नपुग्दा बैठक बस्न सकेन 

काठमाडौं ।।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसि स्थगित भएको छ । बिहीवार सिंहदरबारमा बोलाइएको संसदीय समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । आजको सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने विषय राखिएको थियो ।

संसदीय समितिको नेतृत्व चयन हुन नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेसँगै समितिमा गणपूरक संख्या नपुगेको हो । बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सांसद एवं सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले अहिले संसद नचलिरहेको समयमा समितिहरु जागरुक हुँदा संसदलाई चलाउन निकास निस्किनसक्ने भएकाले पनि बैठक बोलाइएको बताए ।

उनले राष्ट्रिय समस्याको रुपमा रहेको बेरुजु, आर्थिक हिनामिना र अनियमितताबारे छलफल गर्न लागेपनि कोरम नपुग्दा बैठक बस्न नसकेको बताए । उनले भने, ‘अहिले संसद नचलिरहेको समयमा समितिहरु एक्टिभ भएर संसदलाई चलाउन पनि कुनै निकास मिल्न सक्छ । संसदका समिति भनेको राष्ट्रिय विषयमा राम्रोसँग छलफल गरेर समाधान गर्न सकिन्छ ।’

ज्येष्ठ सदस्य सभापति केसीले सबै समितिमा सभापति सकेसम्म चाँडो चयन हुनुपर्ने बताए । ‘हामीले आज अहिले राष्ट्रिय समस्याको रुपमा रहेको बेरुजु जुन छ, आर्थिक हिनामिना र अनियमितताको कुरामा छलफल गर्न लागेका हौँ । त्यसमा छलफल गर्न बैठक बोलाइएको भएपनि कोरम पुग्न सकेन त्यसकारण स्थगित भयो । सबै समितिमा सभापति सकेसम्म चाँडो आओस् ।’ उनले भने ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट