May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

डेङ्गुले ६ वर्षीय बालकको ज्यान लग्यो

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १२:४0
डेङ्गुले ६ वर्षीय बालकको ज्यान लग्यो
  • डेङ्गु सङ्क्रमणबाट शीतलचोकका ६ वर्षीय बालकको मृत्यु
  • ग्लोबल एकेडेमी विद्यालयमा आज शोक बिदा 

दमौली (तनहुँ)  ।।

डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए ।

६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका-१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका-११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका-२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका-२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट