May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

डाक्टरहरु नै उपचार छाडेर आन्दोलनमा उत्रिएपछि…..

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १४:४३
डाक्टरहरु नै उपचार छाडेर आन्दोलनमा उत्रिएपछि…..
  • धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिए
  • उनीहरूको माग प्रतिष्ठानले सम्बोधन नगरेपछि….
  • मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग 

विराटनगर ।।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिएका छन् । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आएका उनीहरूको माग प्रतिष्ठानले माग सम्बोधन नगरेपछि काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । ती डाक्टरले साउन ३१ बाट डिउटी छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । उक्त भत्ता ३ वर्षयता बढेको छैन । महंगी अनुसार न्यूनतम जीवन निर्वाह भत्ताको वृद्धिको मागसहित शान्तिपूर्ण आन्दोलन गर्दा सम्बोधन नभएपछि काम छाडेर आन्दोलनमा उत्रिन बाध्‍य भएको आन्दोलनरत चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।

उनले भने, ‘ महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्छ । तर हाम्रो माग शान्तिपूर्ण रुपले सम्बोधन भएन । त्यसकारण बाध्य भएर हामी आन्दोलनमा उत्रिनु परेको हो ।’ उनका अनुसार गत असार १ गतेदेखि आन्दोलनमा थिए । तर, प्रतिष्ठानले माग सम्बोधन गर्न चासो नदेखाएपछि साउन ३१ गतेबाट काम छाडेर आन्दोलन सुरु गरेको डाक्टर राईले बताए ।

प्रतिष्ठानले श्रमशोषण गरेको गुनासो गर्दै चिकित्सकहरुले माग सम्बोधन नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् । प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्न सक्छ । २०७७ साल मंसिरमा प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो ।

सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भए पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको नभएको आन्दोलनरत चिकित्सकहरुको गुनासो छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।