April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

भूकम्पका प्रतिमृतक परिवारलाई राहतस्वरूप २ लाख दिने

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १३:२४
भूकम्पका प्रतिमृतक परिवारलाई राहतस्वरूप २ लाख दिने
  • २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने
  • अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने
  • राहतलाई पैसा जम्मा गर्नेहरुलाई धन्यवाद दिँदै अझ सहयोगका लागि अपिल

काठमाडौं ।।

मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ । अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने मन्त्री शर्माले जानकारी दिइन् ।

छिमेकी लगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक रुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नेहरुलाई धन्यवाद दिँदै सहयोगका लागि अपिल गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

भूकम्पबाट क्षति भएका सडक, सन्चार लगायतका संरचना तत्काल मर्मत सम्भार गरी सन्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने निर्णय गरेको छ । पुनर्निर्माणमा एकीकृत कार्ययोजना बनाई व्यवस्थित गर्ने निर्णय पनि नेपाल सरकार मन्त्रिपरिषद बैठकले गरेको छ । भूकम्प पश्चात खोज, उद्धार र राहतमा खटिएका सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति एवम् संघसंस्थालाई विशेष धन्यवाद दिँदै जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी त्यसलाई निरन्तरता दिन आग्रह गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट