April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मन्त्री आचार्यका सय दिनमा हजारौं काम

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १६:५५
मन्त्री आचार्यका सय दिनमा हजारौं काम
  • आफ्नो कार्यकालमा दुर्गम क्षेत्रमा ४२ जनाको र सुत्केरी महिलाहरुको उद्धार 
  • जोखिममा परेका ४३० जना बालबालिकाहरुको उद्धार
  • बेवारीसे फेला परेका ९२ जना बालबालिका मध्ये ५६ जना लाई परिवारमा पुनर्मिलन
  • हराएका १ हजार ७ सय ४९ मध्ये १ हजार ६ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन

काठमाडौं ।।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले आफ्नो सय दिने कार्यकालमा दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार गरिएको उपलब्धी सार्वजनिक गरेका छन् । जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धारको कार्य मन्त्रीको सय दिने कार्यमा भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री आचार्यले पद वहाली पछिको अवधिमा जोखिममा परेका ४ सय ३० जना बालबालिकालाई उद्धार गरेको जानकारी गराएका छन् । जिल्लामा महिला विकास कार्यालयको खारेजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयको सम्बन्ध आफूले जोड्न सकेको मन्त्री आचार्यले दाबी गरेका छन् ।


हराएका १ हजार ७ सय ४९ जना बालबालिका मध्ये १ हजार ६ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराएको कार्यलाई यसै अवधिमा भएको मन्त्रालयले जनाएको छ ।

‘मन्त्रालयले पछिल्लो सय दिनमा बेवारीसे फेला परेका ९२ जना बालबालिका मध्ये ५६ जना लाई परिवारमा पुनर्मिलन गराइएको छ । भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्दार गरिएको छ,’ मन्त्रीका सय दिने कार्यमा उल्लेख छ ।

विराटनगर र कैलालीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभियान कार्यक्रम सञ्चालनलाई सय दिने उपलब्धीमा उल्लेख गरेका छन् । ज्येष्ठ नागरिक नीतिको मस्यौदा तर्जुमा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा र मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार लगायतलाई सय दिने कार्यमा राखिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।