May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

उपसभामुखबिना कोशी बैठक अन्योलमा

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १३:२४
उपसभामुखबिना कोशी बैठक अन्योलमा
  • उपसभामुख काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित
  • आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची अलमलमा 
  • नेता इन्द्रबहादुर आङ्बो उपसभामुखले बैठक सञ्चालन गर्नु पर्ने हो नि 

विराटनगर ।।

कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । उपसभामुख दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन् । तर, उपसभामुख नै अनुपस्थित भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेन् । सत्तारुढ गठबन्धन आजको बैठक स्थगित गर्ने पक्षमा छ । तर, स्थगित हुँदा कसले स्थगित गर्ने भन्ने पनि अन्योल छ ।

नेकपा माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरका अनुसार सोमबार बिहान ८ बजेका लागि बोलाइएको परामर्श समितिको बैठक दिउँसोका लागि सारिएको छ । सो बैठकमा सहमति भए प्रदेश सभा बैठक सञ्चालन हुने उनले बताए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो उपसभामुखले बैठक सञ्चालन गर्नु पर्ने बताउँछन् ।

सञ्चालन नगरेको खण्डमा उपसभामुखले नै बैठक स्थगित गर्नुपर्ने उनको भनाइ छ । विश्वासको मतको प्रयोजनका लागि मात्रै बैठक सञ्चालन गर्न सत्ता गठबन्धनको सांसदले जिम्मेवारी नालिने उनले बताए । ‘उपसभामुखले बोलाएको बैठक उहाँले नै स्थगित गर्ने हो,’ उनले भने, ‘जिम्मेवारी नलिएका व्यक्तिले स्थगित गर्ने कुरा आउँदैन् ।’

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुखले लिखित रुपमा जिम्मेवारी दिएका कारण बैठक सञ्चालन गर्ने वा नगर्ने जिम्मेवारी अध्यक्ष मण्डलका सदस्य सांसद इस्राइल मन्सुरीको भएको बताउँछन् । ‘उहाँले जिम्मेवारी लिनु पर्‍यो, कि उहाँले पनि अर्कालाई फेरि दिनुपर्‍यो त्यसैगरी लेखेर,’ उनले भने,’उहाँले नलिने भनेर उपसभामुखलाई जानकारी गराए उपसभामुखले अर्कोलाई तोक्नुहुन्छ ।’

जिम्मेवारी तोकिएका सांसदले जिम्मेवारी नलिए उपसभामुख आएपछि मात्रै बैठक हुने उनले बताए । उनले भने,’जिम्मेवारी लिन्न भनेको अवस्थामा असरल्ल हुन्छ, अस्ती ५(६ दिनसम्म प्रदेशमा सरकारविहीन भएजस्तै ।’ गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका उद्धव थापालाई विश्वासको मत लिनका लागि भदौ १३ गतेसम्मको समय छ ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।